उदार पुँजीवादको अन्त्य गरी राष्ट्र्रिय पुँजीवाद निर्माण गर्न आवश्यक छ : महरा



उदार पुँजीवादको अन्त्य गरी राष्ट्र्रिय पुँजीवाद निर्माण गर्न आवश्यक छ : महरा

भालुवाङ ९ मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पार्टीका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले देशमा विद्यमान उदार पुँजीवादको अन्त्य गरी राष्ट्र्रिय पुजीवाद निमाणर् गर्न आवश्यक रहेको बताएका छन् ।

दाङ देउखुरीको राप्ती गाउँपालिकामा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै पुर्व सभामुख महराले सो कुरा बताउनु भएको हो । वर्ग दुस्मन, साम्राज्यवाद र पुँजीवादको अन्त्य नहुँदा सम्म देशको मुहार नफेरिने बताए ।

उनले राष्ट्रको सवालमा माओवादी केन्द्रले विप्लप समुह, जनता समाजवादी पार्टी, राजमो लगायतका पार्टी सँग एकता गर्न खोजेको समेत बताउनु भयो । त्यसै गरी महराले पार्टीमा नयाँ नेतृत्वका लागि युवा पिढीलाईनै नेतृत्व दिने समेत बताए ।

पार्टीका प्रवक्ता समेत रहनु भएका महराले आफ्नो पालामा हातहातमा मोबाइल, घर घरमा नेटको नारा ल्याएको र आज त्यो नारा पुरा भई सञ्चारको क्षेत्रमा ठुलो विकास भएको बताए ।

त्यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भालुवाङमा कृष्णसेन इच्छुकको ट्रेनिङ सेन्टर बनाउनु पर्ने बताएका छन् । सञ्चार क्षेत्रको विकासका लागि पनि सेन्टर निमाणर् गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री केसीले पार्टीको आगामी प्रदेश सम्मेलन स्थायी राजधानी देउखुरीमै गर्ने समेत बताए । उनले लुम्बिनी प्रदश गौतम बुद्धको नामले परिचित भएको र देशकै नमुना राजधानी बन्न लागेकाले स्थायी राजधानीमा बन्न लागेको संरचना हेर्न विदेशीहरु आउन खोजेको समेत बताए ।


प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे