देउखुरीको राप्ती गाउँपालिकामा सुचनाको हक बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



देउखुरीको राप्ती गाउँपालिकामा सुचनाको हक बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भालुवाङ ९ मंसिर । सुचनाको हक र सञ्चार सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम बिहिबार दाङ देउखुरीको मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय पुर्व अध्यक्ष गोविन्द आचार्यले सुचनाको हक प्रयोग गर्दा कतिपय कुराहरू गोप्य राख्नुपर्ने भएकोले दिन मिल्ने सुचना सजिलै दिन सकिने बताए । कतिपय सुचनाहरू व्यक्ति सँग पनि जोडिने भएकोले दिन नमिल्ने बताए ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, सञ्चार विज्ञ गोविन्द रोका लगायतका वक्ताहरूले आ- आफ्नो भनाई राखेका थिए । राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको स्वागतबाट सुुरू भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे