प्रधानन्यायधीशलाई हटाउन गठबन्धनमा कुरा भइरहेको छ : महामन्त्री सिंह



प्रधानन्यायधीशलाई हटाउन गठबन्धनमा कुरा भइरहेको छ : महामन्त्री सिंह

दाङ ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरालाई हटाउन गठबन्धनमा कुरा भइरहेको बताएका छन् । दाङको घोराहीमा प्रगतिशिल पत्रकार संघ जिल्ला समिति दाङ देउखुरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठनबन्धन दलभित्र प्रधानन्यायधीशलाई हटाउन विकल्पहरुको खोजी भइरहेको बताए ।

सिंहले सर्वोच्चमा अहिले गम्भीर समस्या देखिएको भन्दै , ‘बारले प्रधानन्यायधीशका विरुद्धमा गरेको आन्दोलन सहि छ । प्रधानन्यायधीशको विकल्पका विषयमा गठबन्धनमा कुरा भइरहेको छ।’ उनले प्रधानन्यायधीश भ्रष्टको मतियार भएको पनि आरोप लगाए । महामन्त्री सिंहले प्रधानन्याधीशलाई हटाउन कार्यपालिकासँग धेरै विकल्प नभएको भन्दै एउटा विकल्प महाअभियोगको विकल्प पनि बीचमा फसेको बताए ।  न्यायपालिकाको विषयमा कार्यपालिकासँग धेरै विकल्प छैन । एउटा त्यही महाअभियोग हो । त्यो पनि बीचमा फसेको छ। तर अन्य विकल्पहरुको पनि खोजी भइरहेको छ ।

उनले अहिलेको पाँच दलीय गठबन्धनको सरकारसँग महाअभियोग लगाउन दुई तिहाइ बहुमत नरहेको भन्दै प्रमुख प्रतिपक्षीय दल एमालेले महाअभियोग लगाउन साथ नदिनेतिर संकेत गरेर महाअभियोग बीचमा फसेको बताए । के महाअभियोग लगाउन बहुमत पुग्यो भने लगाउनु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पुग्दै पुग्दैन । केपी ओलीले यसमा साथै दिदैनन् ।’ सिंहले केपीओली अधिनायकवादी भएको भन्दै ओलीले राजतन्त्रको स्थापना गर्ने तर्फ गतिविधि गरिरहेको आरोप लगाए। उनले सरकारसँग धेरै विमति हुँदा हुँदै पनि केपी ओलीको अधिनायकवाद परास्त गर्न गठबन्ध गरेर लोकतन्त्र बचाउन सरकारमा आफूहरु सामेल भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे