मंगोलहरुको पुर्खालाई मारेर चार्डपर्व मनाइने हुनाले हिन्दु धर्म मान्दैनाै : राष्कोटी



मंगोलहरुको पुर्खालाई मारेर चार्डपर्व मनाइने हुनाले हिन्दु धर्म मान्दैनाै : राष्कोटी
देउखुरी ६ मंसिर । मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य केशु राष्कोटी मगरले मंगोलहरुको पुर्खालाई मारेर चार्डपर्व मनाइने हुनाले हिन्दु धर्म मनाउन छोडेको बताउकी छिन् ।
दाङ देउखुरीको गढवा गाउँपालिका १ कालाकाटेमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङले आयोजना गरेको १ दिने मंगोल राष्टबाद सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।
प्रमुख अतिथि समेत रहनु भएकी राष्कोटीले हिन्दुका हरेका चार्डपर्वहरु मंगोलको हितमा नरेको समेत उनले बताइन् ।  जिल्ला सभा दाङका सचिव प्रिन्स घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका लुम्बिनी  प्रान्तीय सभा अध्यक्ष दिपक थापा मगर, देवबहादुर रोका मगर, पुर्णबहादुर घर्ती मगर, राजबहादुर घर्ती मगर, सुशिल चौधरी, निमबहादुर पुन मगर, खुबीराम थापा मगर, चन्द्रबहादुर गुरुङ, लेखबहादुर कुमाल, अम्मरबहादुर बुढामगर र प्रेम बुढामगर लगायतका वक्ताहरुले बाेलेका थिए ।   खुमबहादुर गाहामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव प्रिन्स घर्ती मगरले गरेका थिए ।
त्यसै गरी कार्यक्रममा रामबहादुर घर्ती मगरको अध्यक्षतमा १३ सदस्यीय गढवा गाउँपालिका स्तरीय मंगोल नेशनल अर्गनाइजेशन सभा गठन गरेको छ । जसको सचिवमा प्रेमबहादुर पुनमगर, सहसचिवमा डोरबहादुर बुढामगर र कोषाध्यक्षमा मिनबहादुर ठेडी मगर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे