प्युठानमा आफैले चलाएको जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर राना मगरको मृत्यु



प्युठानमा आफैले चलाएको जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर राना मगरको मृत्यु

भालुवाङ १३ असार । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको जिप दुर्घटनामा मृत्यु भएको छ।

स्वर्गद्वारी-२ बाङ्गेसल्लाबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१-००१ झ ०००८ नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपमेयर ५० वर्षीय राना मगरको मृत्यु भएको हो।शनिबार अपराह्न पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ। उनी राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे