बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो



बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी ६  मंसिर । बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।  देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप गएराति साढे ८ बजे दशरथचन्द नगरपालिका-४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

उहाँकाअनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका  धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।जिपमा ७ जना सवार थिए । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे