देउखुरीकाे नारायणपुरमा गएराती बस दुर्घटना हुँदा २९ जना घाइते



देउखुरीकाे नारायणपुरमा गएराती बस दुर्घटना हुँदा २९ जना घाइते

लमही ५ मंसिर । सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङकाे देउखुरीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा काठमाण्डौ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका-६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालीकोट निलागुफा-९ बस्ने २१ वर्षका बमबहादुर शाही र मुगुका २८ वर्षका धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे