कांग्रेसकाे प्रदेश अधिबेशनमा दाङ क्षेत्र नम्बर ३ (क) मा देबेन्द्र रिजाल निर्वाचित



कांग्रेसकाे प्रदेश अधिबेशनमा दाङ क्षेत्र नम्बर ३ (क) मा देबेन्द्र रिजाल निर्वाचित

दाङ ४ मंसिर। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ क्षेत्र नम्बर ३ प्रदेश (क) को सभापतिमा देबेन्द्र रिजाल निर्वाचित भएका छन् ।

पार्टी भित्र संस्थापन इतर पक्षधर रिजालले १९१ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका प्रतिष्पर्धी बलिराम खत्रीले १५२ मत प्राप्त गरे । सार्वजनिक मत परिनाम अनुसार रिजालले खत्रीलाई ३९ मतान्तरले पराजित गरेका छन् ।

त्यस्तै उपसभापतिमा पुष्पराज गिरीले १९४ र शालिकराम रेग्मी १८० मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिपष्पर्धीहरु खुसलराम खड्काले १३९ र लेखकुमार कार्कीले १५६ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा तेजबिक्रम डाँगी १९८ मत प्राप्त गरि बिजयी भएका छन् । तर सचिव पदमै बलिराम खत्रीको टिमका किरण केसीले १८४ मत प्राप्त गरि बिजय प्राप्त गरेका छन् । रिजालको टिम भन्दा फरक प्यानलबाट जित्ने केसी एक मात्रै नेता हुन । सचिव पदमा रिजाल टिमका उम्मेदवार रेशमकुमार खत्रीले १४७ र खत्री टिमका डम्मरबहादुर भण्डारीले १२९ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिव पदमा रिजाल टिमका रञ्जन गौतमले १७४ र राजेन्द्र महतराले १७९ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पधीहरु चन्द्रमान खड्काले १५६ र लिलामणि चौधरीले १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे