कांग्रेस दाङ निर्वाचन क्षेत्र नं. १ (ख)मा दिनेश गिरीको प्यानल बिजयी



कांग्रेस दाङ निर्वाचन क्षेत्र नं. १ (ख)मा दिनेश गिरीको प्यानल बिजयी

दाङ ४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ क्षेत्र नम्बर १ प्रदेश (ख) को सभापतिमा दिनेश गिरी फराकिलो मतान्तरले बिजयी भएका छन् । गिरी १२९ मतअन्तरले बिजयी भएका छन् ।

गिरीले २१० मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी दिवाकर योगीले ८१ मत मात्रै प्राप्त गरे । यहाँ संस्थापन पक्षधर गिरीको पुरै प्यानल बिजयी भएको छ । गिरी सहित अन्य पदाधिकारीले पनि प्रतिष्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

उपसभापति पदमा दामोदर पौडेलले २०४ र गोपाल नेपालीले २११ मत प्राप्त गरि निर्वाचित भएका छन । उनीहरुका प्रतिष्पर्धी ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत रेशम गिरीले जानकारी दिए ।

सचिबमा लालबीर खड्काले १८९ र मंगलप्रसाद चौधरीले २१८ मत प्राप्त गरि निर्वाचित भएका छन । उनीहरुका प्रतिष्पर्धीहरु सुमित्रा विक ७६ र रामप्रसाद चौधरीले ९० मत मात्रै प्राप्त गरे ।

त्यस्तै सहसचिवमा कुलबहादुर बुढा मगरले २१४ र हुर्मतकुमार बोहराले १८७ मत प्राप्त गरि निर्वाचित भएका छन । उनीहरुका प्रतिष्पर्धीहरु मानबहादुर यादवले ७८ र महेश कुमार चौधरीले ९० मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत गिरीले जानकारी दिएका छन् ।

दाङ क्षेत्र नम्बर १ प्रदेश (ख) मा काँग्रेसका कुल ३ सय १० मतदाता थिए । त्यसमध्य ३ सय ५ मत खसेको थियो भने ४ मत बदर भएको निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे