नेकपा माओवादी केन्द्र दाङको ९८ वटा वडामा वडा सम्मेलन सम्पन्न



नेकपा माओवादी केन्द्र दाङको ९८ वटा वडामा वडा सम्मेलन सम्पन्न

दाङ ४ मंसिर । नेकपा माओवादी केन्द्र दाङले आज जिल्लाका ९८ वटा वडामा वडा सम्मेलन मार्फत वडा कमिटी गठनलाई अन्तिम चरणमा पुु¥याएको छ । माओबादी केन्द्रले निर्वाचन प्रकृया मार्फत सम्मेलन गरे पनि कमिटी चयनमा भने सर्वसम्मतीको प्रयास गरेको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ मा आज मेला लागेका कारण र वबई ७ मा विषेश कारणले सम्मेलन हुन नसकेको र अन्य ९८ वटा वडामा सम्मेलन भएको माओबादी केन्द्रले जनाएको छ ।

केन्द्रले अहिले वडा कमिटी गठनमा ३३ प्रतिशत महिला र १५ प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व गर्ने व्यवस्था गरेको छ । वडा कमिटीले विभिन्न ठाउँहरुमा ¥याली गर्दै सम्मेलन सम्पन्न गरेका छन् ।

गाउँ नगरको वडामा २७ जना निर्वाचित र २ जना मनोनित गरी २९ सदस्यी र उपमहानगरमा ३१ जना निर्वाचित र ४ जना मनोनित गरी ३५ सदस्यी कमिटी बनाउने माओबादीको पार्टी विधानमा रहेको छ ।

केही वडाहरुको कार्य समितिको टुंगो लागे पनि अधिकांश वडाहरुमा सहमतीबाट जिम्मेवारी बाँडफाँडको काम भैरहेको माओबादी केन्द्र दाङले जनाएको छ ।

जस अनुसार लमही १ मा विष्णुुप्रसाद शर्मा, २ मा जयनारायण चौधरी, ३ मा लोकमणि बन्जाडे, ४ मा रमेश सुनार, ५ मा चित्रबहादुर केसी, ६ मा कृष्णप्रसाद घिमिरे, ७ मा धु्रबकुमार चौधरी, ८ मा जोगराज चौधरी र ९ मा भानसिंह वली वडा अध्यक्ष चयन हुनुुभएको छ ।

त्यसैगरी, बबई १ मा गम्मरचन रोका, २ कृष्णबहादुुर खत्री, ३ मा बालीराम वली, ४ मा विष्णुु विक, ५ मा टेकबहादुर खत्री, ६ मा रमेश चौधरी र ७ मा १० गते सम्मेलन हुुने भएको छ ।

यसैगरी, दंगिशरण १ मा विजय बिष्ट, २ मा दिलबहादुर परियार, ३ मा टोपाराम चौधरी, ४ मा ठाकुुर चौधरी, ५ मा मोहलाल गिरी, ६ मा भरथरु चौधरी र ७ मा तुल्सीराम चौधरी वडा अध्यक्षमा निर्वाचित हुुुनुुभएको छ ।

उता राजपुरको वडा नम्बर १ मा स्यामलाल वली, २ मा तुल्सीराम भण्डारी, ३ मा राजबहादुर यादव, ४ मा परशुराम यादब, ५ मा अम्मरबहादुर बोहरा, ६ मा नेत्रबहादुर केसी र ७ मा टेकबहादुुर केसी निर्वाचित हुुनुुभएको छ ।

यता घोराही १७ मा पदम केसी र १८ मा सुुरस बुढामगर नेकपा माओबादी केन्द्रको वडा अध्यक्षमा चुुनिनुु भएको छ । अन्य वडाहरुमा नेतृत्व चयन गर्ने क्रम चलिरहेको माओबादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे