राप्तीकाे ७ नम्बर वडा बाहेक सवै वडामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन



राप्तीकाे ७ नम्बर वडा बाहेक सवै वडामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

भालुवाङ ४ मंसिर । नेकपा माओवादी केन्द्रको केन्द्रिय सम्मेलन अन्तरगत दाङमा वडा अधिवेशन सम्पन भएको छ । सोही अनुरुप राप्ती गाउँपालिकाका ८ वटा वडामा पार्टीकाे वडा अधिवेशन सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाकाे ७ नम्बर वडा बाहेक ८ वटा वडामा वडा कमिटिको नेतृत्व चयन गरिएको नेकपा माओवादी केन्द्र राप्तीले जनाएको छ । जस अनुसार वडा नम्बर १ काे अध्यक्षमा तपराज आचार्य, २ मा लालबहादुर चौधरी, ३ मा आनन्द परियार, ४ मा बिस्नुप्रसाद पोख्रेल , ५ मा गरिबु चौधरी,  ६ मा बिर्खबहादुर महरा, ८ मा मन्जु कार्की र ९ मा कृष्ण घर्ती सर्वसहमतीले चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे