वार्ता प्रस्ताव अस्वीकार गर्दै बारद्धारा थप आन्दोलनकाे घोषणा



वार्ता प्रस्ताव अस्वीकार गर्दै बारद्धारा थप आन्दोलनकाे घोषणा

काठमाडौं ४ मंसिर।  नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ र, थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए ।

शुक्रबार नै बसेको बारको बैठकले जबराले राजीनामा दिनुपर्ने अडान कायम राख्ने र वार्ता नगर्ने निर्णय गरेको छ । साथै आइतबार देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । उनका अनुसार सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापनपत्र र प्रधानन्यायाधीश जबरामाथिको आरोप पत्र बुझाइने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे