कांग्रेसको महाधिवेशन : ६ प्रदेशसभाको नेतृत्वको लागि १३ जनाको उम्मेद्वारी,आज मतदान हुँदै



कांग्रेसको महाधिवेशन : ६ प्रदेशसभाको नेतृत्वको लागि १३ जनाको उम्मेद्वारी,आज मतदान हुँदै

दाङ ४ मंसिर । नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत दाङका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । जिल्लाका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरूमा सभापतिका लागि १३ जनाले उम्मेद्वारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । कांग्रेसका संस्थापन र संस्थापन इत्तर समूहले प्यानल बनाएर जिल्लाका प्रदेश क्षेत्रमा उम्मेद्वार दर्ता गरेका हुन् ।

प्रदेशसभा क्षेत्रमा समानुपातिकतर्फ केही पदहरूमा निर्विरोध नेतृत्व चयन भए पनि अधिकांश पदहरूमा उम्मेद्वारी परेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शनिवार बिहान ९ बजेदेखि मतदान हुनेभएको छ । निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा ताराबहादुर डिसी र श्रीपत चौधरीको उम्मेद्वारी परेको छ । १ (क) को उपसभापतिमा जगदम्बाकुमारी चौधरी, महावीर चौधरी, पार्वती भुसाल र हस्तबहादुर गुरुङ, सचिवमा सुरज खड्का क्षत्री, माधव सापकोटा, कृष्णप्रसाद शर्मा, शनिराम चौधरी र सहसचिवमा भीमबहादुर चौधरी, रामजानकी यादव, रामप्रकाश यादव र आशिष पौडेलको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । यस क्षेत्रमा सबै पदमा निर्वाचन हुने भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश निर्वाचन क्षेत्र १ को (ख) मा सभापति पदमा दिनेश गिरी र दिवाकर योगीको उम्मेद्वारी परेको छ । उपसभापतिमा ओमकार यादव, गोपाल नेपाली, दामोदर पौडेल र हिमराज डिसी, सचिवमा मंगलप्रसाद चौधरी, रामप्रसाद चौधरी, लालवीर खड्का र सुमित्रा विक, सहसचिवमा कुलबहादुर बुढा मगर, महेशकुमार चौधरी, मानव यादव र हुर्मतकुमार बोहराको उम्मेद्वार परेको निर्वाचन अधिकृत नारायणप्रसाद डाँगीले जानकारी दिएका छन् ।

उनकाअनुसार १ ख मा प्रदेश महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फ घनश्याम केसी र बिना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । यसैगरी निर्वाचन क्षेत्र नं. २ (क) को सभापतिमा प्रकाश श्रेष्ठ र दुर्गा घर्तीकाबच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि घर्ती र श्रेष्ठबीच प्रतिप्रर्धा हुनथालेको हो ।

निर्वाचन समितिकाअनुसार उपसभापतिमा बलबहादुर वली, तिलकबहादुर भण्डारी र पदमबहादुर खत्री रहेका छन् । सचिवमा माया पोख्रेल, प्रकाश पाण्डेय, शिशिर अधिकारी र युवराज आचार्य, सहसचिवमा माधव चौधरी, विकास जिसी, भुवन चौधरी र विष्णु पोख्रेलले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभा प्रतिनिधिमा २ क बाट खस आर्यमा मनोज बुढाथोकी, जनजातितर्फ ध्रुव पुन र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचत भएका छन् ।

यसैगरी क्षेत्र नं. २ (ख) मा पनि दुई समूहबीच निर्वाचन हुने भएको छ । जसमा संस्थापन पक्षबाट लालबहादुर गिरी र संस्थापन इतर समूहबाट अभियान बस्नेतले उम्मेद्वारी दिएका छन् । उपसभापतिमा गोविन्द दाहाल, विष्णुकुमार देवकोटा, ज्ञानबहादुर केसी र शरद विक ‘समीप’, सचिवमा डिल्लीबहादुर वली, नोखीराम केसी, शिवराज बस्नेत र तिलकबहादुर केसी, सहसचिवमा लौटन चौधरी, सीता दाहाल, युद्धबहादुर डिसी ‘सन्तोष’ र निर्मला न्यौपाने छन् ।

प्रदेश प्रतिनिधि खुल्लातर्फ कृष्णबहादुर केसी, गोविन्दप्रसाद न्यौपाने, डिल्लीराज आचार्य, इ. दामोदर थापा, दीलिप चौधरी, नुमाकान्त दाहाल, प्रचण्डविक्रम न्यौपाने ‘गुण्टु’, प्रह्लाद देवकोटा, विजय गौतम, विष्णुमणि धिताल, यज्ञबहादुर भण्डारी, राजकुमार डाँगी र सुशीलकुमार बस्नेत, महिला प्रतिनिधिमा ईश्वरी खत्री, जानका केसी, टीका डाँगी, पुष्पा डागी र लक्ष्मी शाह, खस आर्य खुल्लामा ओविन्द्रबहादुर खड्का, महेशकुमार लामिछाने, रुपलाल बस्नेत, लक्ष्मी लम्साल र शोभा गौतम, जनजातितर्फ अमरबहादुर बुढा र दिलकुमार पुन, थारूतर्फ गोपाल चौधरी र जग्गुप्रसाद चौधरी, दलिततर्फ आशाराम नेपाली ‘शंकर’ र पूर्णबहादुर विश्वकर्माले उम्मेद्वारी दर्ता गराएका छन् । मुस्लिमतर्फ अब्दुल समिम सिद्दिकी ‘सिमु’ निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्र नं. ३ क को सभापति पदमा देवेन्द्र रिजाल र बलिराम खत्रीले उम्मेद्वारी दिएका छन् । उपसभापतिमा पुष्प गिरी, शालिकराम रेग्मी, खुशलराम खड्का र लेखकुमार कार्कीको उम्मेद्वारी परेको छ । त्यस्तै सचिवमा रमेशकुमार खत्री, तेजबहादुर डाँगी, किरण केसी र डम्बरबहादुर भण्डारीले उम्मेद्वारी दिएका छन् भने सहसचिवमा रञ्जनकुमार गौतम, राजेन्द्र महतरा, चन्द्रमान खड्का र लीलामणि चौधरीले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रदेश प्रतिनिधिका लागि अन्य ३४ जनाले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं. ३ ख को प्रदेशसभाको सभापतिमा खिमबहादुर वली, चुडामणि ढकाल र टीका घर्तीले उम्मेद्वारी दर्ता गराएका छन् । उपसभापतिमा दीलिप डिसी, द्रोण देवकोटा, नवीन योगी, फर्साराम डाँगी, सचिवमा ढुण्डीराज न्यौपाने, देविराम कुसारी, भद्रबहादुर खड्का, लोकराम आचार्य, सहसचिवमा कुलबहादुर खत्री, महेन्द्र चौधरी, रमेश भण्डारी, रोशनजंग शाहलगायत प्रदेश प्रतिनिधिहरूमा गरेर ५२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । खुल्ला ७ सहित १६ जना प्रदेश प्रतिनिधि चयन हुनेछन् । जिल्लाका ६ वटै प्रदेशसभाको निर्वाचन क्षेत्रमा १ सय ३ प्रदेश प्रतिनिधिका लागि निर्वाचन हुन लागेको छ । जसका शनिवार (आज) बिहान ९ बजेदेखि मतदान हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् ।

गाेरक्षबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे