आज गुरु नानक जयन्ती मनाइँदै : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्धारा शुभकामना व्यक्त



आज गुरु नानक जयन्ती मनाइँदै : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्धारा शुभकामना व्यक्त

काठमाण्डाै ३ मंसिर । सिख धर्मावलम्बीले आज गुरु नानकको जन्मजयन्ती मनाउँदै छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

भारतको पन्जाब प्रान्तमा सबैभन्दा पहिले सिखको सुरुवात भएको मानिन्छ । सन् १४६९ मा जन्मिएका गुरु नानकको शिक्षाकै आधारमा सिख धर्मको सुरुवात भएको हो । नेपालका विभिन्न ठाउँमा सिख धर्मावलम्बीले गुरुद्वारा बनाएका छन् । त्यहाँ आजको दिन विशेष भजनकीर्तन गरिन्छ । गुरुनानक जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले गुरुनानकको मार्गदर्शनले समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएका छन्। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यो जयन्तीले आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे