प्रदेशसभा निर्वाचन क्षेत्रमा आज कांग्रेसको अधिवेशन हुँदै



प्रदेशसभा निर्वाचन क्षेत्रमा आज कांग्रेसको अधिवेशन हुँदै

काठमाडौं ३ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । मंसिर ६ गते नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन हुने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसले आगामी २४-२६ मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे