देउखुरीको बराखुट्टीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते



देउखुरीको बराखुट्टीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते

भालुवाङ १ मंसिर । दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना गम्भीर घाइते भएका छन् । लमही-भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा बुधवार बेलुका ५ः२० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २८ प ६६८६ नं. को मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको लु ५५ प ३६९० नं. को मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा दुवै मोटरसाइकलका २ जना चालक र मोटरसाइकलमा सवार १ जना गरी ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा लु ५५ प ३६९० नं. को मोटरसाइकल चालक कपिलबस्तु जिल्ला शिवराज नगर पालिका वडा नं. ५ बस्ने बर्ष २७ का रमजान अली, लु २८ प ६६८६ नं. को मोटरसाइकल चालक घोराही उपमहानगर पालिका वडा नं. नखुलेको बर्ष २५ का बिक्रम सुनार, सोही मोटरसाइकल पछाडी बसेका अर्घखाँची जिल्ला पाणेनी गाउँ पालिका वडा नं नखुलेको बर्ष २० का मोहन सुनार गम्भीर घाइते भएका छन् ।

घाइते तीनै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते तिनै जनालाई लमहीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे