देउखुरीमा रोकी राखेको ट्रकमा बस ठोक्किदा १० जना घाइते



देउखुरीमा रोकी राखेको ट्रकमा बस ठोक्किदा १० जना घाइते

भालुवाङ १ मंसिर । दाङकाे देउखुरीमा रोकी राखेको ट्रकमा बस ठोक्किदा १० जना घाइते भएका छन् । आज बिहान साढे ८ बजेको समयमा पश्चिम देखि पुर्व जादै गरेको रा १ ख ८१३ नम्बरको बसले लु १ ख ७४०० नम्बरको ट्रकलाई लमही भालुवाङ सडक खण्ड  अन्र्तगत राप्ती गाउँपालिका–४ गोपी नालामा ठक्कर दिदा बसमा सवार १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते हुनेमा घोराही उपमहानगरपालिका वडा न.१२ बस्ने ७० वर्षीय नारायण प्रसाद बुढा, सोहि ठाउँ बस्ने ४० वर्षीय भोला प्रसाद डि.सि, अन्दाजी ५० वर्षीय लोक बहादुर बस्नेत, अन्दाजी ३६ वर्षीया बिण्णु कुमारी भण्डारी, ३८ वर्षीय गोपाल भण्डारी, ३७ वर्षीय कर्ण बस्नेत, ५० वर्षीया प्रबित्रा बस्नेत , छोरी ३० वर्षीय सुनिता बस्नेत, ४० वर्षीय रमेश भण्डारी र छोरी १२ वर्षीया रबिना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले बताएको छ ।

घाइते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार लागि पठाएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे