बंगलाचुलीमा जेसिबि दुर्घटना हुँदा एक जनाको मृत्यु



बंगलाचुलीमा जेसिबि दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ २ मंसिर । दाङमा सडक मर्मतको क्रममा बिहीबार बिहान जेसिबि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मतको क्रममा जेसिबि दुर्घटना हुँदा अपरेटर घोराही १० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।

पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भसिएर जेसिबि दुर्घटनामा परेको हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे