पहाड र तराईका केही ठाउँमा बिहान बादल र हुस्सु लागे पनि दिनमा मौसम सफा रहने



पहाड र तराईका केही ठाउँमा बिहान बादल र हुस्सु लागे पनि दिनमा मौसम सफा रहने

काठमाण्डाै १ मंसिर । आज बिहान पहाडी र तराईका केही ठाउँमा आंशिक बादल र हुस्सु लागेको भए पनि दिउँसो भने मौसम सफा रहनेछ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराईका केही ठाउँमा बादल र हुस्सु लागेको र देशभरका अन्य ठाउँमा भने मौसम सफा रहेको मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार अब न्युनतम तापक्रम क्रमशः घट्दै जाने भएकाले यी क्षेत्रमा बादल तथा पातलो हुस्सु लाग्न सुरु भएको हो । यस्तो समयमा हवाइजहाज उडानमा केही समस्या आउनसक्ने भएकाले सामान्य सतर्कता अपनाउन उनको आग्रह छ ।

काठमाण्डौ उपत्यकामा भने आज बिहानैदेखि मौसम खुलेको छ । आज दिनभरको मौसम देशभर नै सफा रहने अनुमान गरिएको छ । आज राति र भोलि बिहान पनि मौसम सफा नै रहनेछ । पर्सि भने देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । घाम लागेकाले दिनमा केही चिसो कम भए पनि बिहान र बेलुकी भने चिसो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे