पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कतारलाई १ सय १९ रनले हरायो



पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कतारलाई १ सय १९ रनले हरायो

काठमाण्डाै १ मंसिर ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारलाई १ सय १९ रनले पराजित गरेको छ ।

कतारको दोहामा रहेको  वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ रन जोडिन्। केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन् ।

कतारका पाँच खेलाडी शून्य रनमा आउट भए । कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइन् । कविता कुँवर र सीता राना मगरले २/२ तथा करुणा भण्डारीले १ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ्ग्स खेलिन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इन्दुको यो पहिलो अर्धशतक हो । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहिन् । आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे