बन्द गराउदै हिड्ने भालुवाङका ७ र धानखोला क्षेत्रबाट १२ जना गरी १९ जना पक्राउ



बन्द गराउदै हिड्ने भालुवाङका ७ र धानखोला क्षेत्रबाट १२ जना गरी १९ जना पक्राउ

भालुवाङ ३० कार्तिक । नेपाल बन्द गराउन सडकमा निस्किएका  नेत्रविक्रम चन्द (विप्लव) समुहका १९ जना कार्यकर्तालाई प्रहरीले देउखुरीबाट  नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भालुवाङले भालुवाङबाट ७ जना र इलाका प्रहरी कार्यालय गढवाले धानखोला क्षेत्रबाट १२ जना गरी १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।  पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारी साधन माथि ढुंगामुढा गर्ने, बाटो बन्द गर्न खोज्ने, अराजक गतिविधि देखाउन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

भालुवाङबाट पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका वडा नम्बर १ बस्ने समिर परियार, सोही वडाका कृष्ण पुन, वडा नम्बर ५ का नवराज विक, वडा नम्बर ४ का पुस्कर सुनार, सोही वडाकै गौरव भट्टराई, वडा नम्बर २ का अधिक गुरुङ, सोही वडाका मधुन चौधरी रहेका छन् ।
त्यसै गरी धानखोला क्षेत्रबाट पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर १ का होमबहादुर केसी, सोही ठाउँका मोहन गिरी, वडा नम्बर ९ का नरेन्द्र पुन, सोही वडाका शंकर घर्ती, प्रकाश सुनार, पदम खनाल, दिपेन्द्र पुन, आयुष थापा, कणर्बहादुर राना, राज केसी, मनोज कुमाल र पुरन पुन रहेका छन् ।

पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द (विप्लव) समुहले गरेको नेपाल बन्दका कारण दाङ लगायत देउखुरीका मुख्य बजार सुनसान भएका छन् । देउखुरीका लमही, गढवा, भालुवाङ, सिसहनिया बजार पूर्णरुपमा बन्द भएका छन् । सदाकै भरी पैदलयात्री देखिन्छन् भने मालबाहक सवारी सडकमा लामवद्ध भएर रोकिएका छन् । लामा दुरीका सवारीलाई प्रहरीले स्कटिंग गर्दै गन्तव्यमा पुर्याई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे