माओवादी प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश



माओवादी प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश

दाङ ३० कार्तिक । देउखुरीमा २ जना माओबादी प्रत्यासी उम्मेदवार सहित ४४ जना काँग्रेसमा प्रबेश गरेका छन् । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित खपरभठ्ठी, नौसहरा र सालभौँरीका स्थानिय काँग्रेसमा प्रबेश भएका हुन ।

लिलासरी घर्ती मगर र देफला कामीको नेतृत्वमा ४४ जना प्रबेश भएका छन । लिलासरी र देफला दुबैजना वडा सदस्यका प्रत्यासी उम्मेद्वार हुन । उनिहरु गएको स्थानिय तहको चुनाबमा राजपुर गाउँपालिका वडा नम्बर ५ का लागि माओबादी प्यानलबाट महिला वडा सदस्यका लागि चुनाबमा भिडेका थिए । पछिल्लो समय नेपाली काँग्रेसको सिद्दान्त आफुलाई मन परेको र माओबादी केन्द्रले आश्वासन मात्र बाड्ने तर गरि नपुराउने भएकाले पार्टी चेञ्ज गर्नुपरेको लिलासरीले बताईन ।

उनिहरुलाई भेषराज पाण्डेय, जानकिलाल बस्नेत, कर्ण बहादुर बुढाथोकि, गिरिजादेबी न्यौपाने लगायतका नेताहरुले फुलमाला तथा अबिरले भब्य स्वागत गरेका हुन । कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतीदेबी यादब, दिनेश गिरी, पार्बती थापा, नेबि सँघ पुर्ब केन्द्रीय उपाध्यक्ष पवन यादब, दिकपाल योगी, तारा प्रसाद नेपाली, लमही ८ नम्बर वडासभापती यादब योगी, घनस्याम सुबेदी लगायतका काँग्रेस नेताहरुको उपस्थित रहेको थियो ।

नेपाली काँग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा सभापती सन्त कुमार चौधरीको सभापत्तित्व तथा दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्य एबम महासमिति सदस्य जानकिलाल बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै काँग्रेस नेताहरुले नेपाली काँग्रेस ऐतिहासिक पार्टी भएको र अन्य पार्टी जस्तो प्रचारबाजी भन्दापनि गरेर देखाउने पार्टी भएको जिकिर गरे ।

नेपाली काँग्रेस राजपुर गाँउपालिकाका सभापती नरेन्द्र सिँह भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सँचालन लालबिर खड्काले गरेका हुन । काँग्रेसको गढ भनेर मानिने राजपुरमा पछिल्लो समय झन काँग्रेसमा प्रबेश गर्नेहरुको लहर ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे