विहानै देखि दाङमा नेपाल बन्दको प्रभाव



विहानै देखि दाङमा नेपाल बन्दको प्रभाव

दाङ ३० कार्तिक । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा परेको छ । जिल्लामा विहानै देखी सवारी साधन चल्न सकेका छैनन भने बजार, शैक्षिक संस्थाहरु बन्द भएका छन् ।

बन्द सफल बनाउन विप्लब समुहका नेता कार्यकर्ताहरु बजार क्षेत्रका चोकचोकमा परिचालन भएका छन् । बन्दका कारण भालुवाङ लमही गढवा घाेराही नारायणपुर तुलसीपुर लगायतका मुख्य बजारमा पनि बन्दकाे प्रभाव परेकाे छ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेजीको माग गदै विप्लब समुहले देशभर नेपाल बन्द आह्वान गरेको हो ।

सरकारले जनता माथि निरन्तर थुपारेको महगि र कालो बजारी तस्करीको भण्डाफोर गर्ने कार्यक्रम अन्र्तगत भोली नेपाल बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ ।दाङ सहित देशभर बिहान ६ बजे देखि साझ ५ बजे सम्म अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण क्षेत्र बन्द गर्न आह्वान गरिएको छ । सोहि अनुसार अत्यावश्यक सेवा पानी बोक्ने गाडी, दुध बोक्ने गाडी, एम्लुलेन्स, प्रेस र कुटनितिक नियोगका गाडीलाई भने निर्वाध रुपमा संचालन हुन दिने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे