सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने



सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने

काठमाण्डौ २८ कात्तिक । सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागु हुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताए ।

अमार्क एशिया प्यासिफिक सँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उनले विपदका समयमा रेडियोहरूको भुमिका महत्वपुर्ण हुने भन्दै विद्युत महशुलमा छुट दिने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे