सिसहनियाँमा निशुल्क मधुमेह परिक्षण, १७८ जनाको परिक्षणमा ३२ जनामा मधुमेह देखियो



सिसहनियाँमा निशुल्क मधुमेह परिक्षण, १७८ जनाको परिक्षणमा ३२ जनामा मधुमेह देखियो

सिसहनियाँ २८ कार्तिक । विश्व मधुमेह दिवस आइतवार नेपालमा पनि मनाइएको छ । देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । यसै क्रममा दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा पनि विश्व मधुमेह दिवस मनाइएको छ ।विष्ट स्वास्थ्य पोलिक्लिनीक राप्ती गाउँपालिका ८ सिसहनियाँको प्राविधिक सहयोगमा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था हिकोले सिसहनियाँ बजारको प्रतिक्षलयमा निशुल्क मधुमेह परीक्षण शिविर राखेर नागरिकहरुलाई सेवा दिएको छ । सार्वजनिक स्थानमा शिविर राखेर सवै उमेर समुहका नागरिकलाई सेवा दिदा सेवाग्राही समेत निकै खुसी भएका छन् । राज्यले गर्ने काम निजी क्षेत्रबाट भएकोमा उनीहरु खुसी भएका हुन् ।हिको संस्था स्थापना भए देखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा थुप्रै कार्यक्रम गरिसकेको छ । मधुमेहका कारण कयौं नागरिकहरुले दुख पाइरहेको भन्दै मधुमेहबाट बचाउन र जानकारी दिन निशुल्क शिविरको आयोजना गरिएको हिको संस्थाका सचिव देवप्रसाद चौधरीको भनाई रहेको छ ।आइतवार भएको निशुल्क मधुमेह परिक्षणमा १७८ जना सेवाग्राहीहरुको मधुमेह परिक्षण गरिएकोमा ३२ जनामा मधुमेह भएको फेला परेको  विष्ट स्वास्थ्य पोलिक्लिनीकका सञ्चालक, स्वास्थ्यकर्मी तथा हिकाे संस्थाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

शिविरमा विष्ट स्वास्थ्य पोलिक्लिनीकका ल्याप टेक्नीसियन कुन्ता पौडेल, ल्याप असिस्टेन लक्ष्मी राउत र रितु थापाले सेवा दिनु भएको थियो । शिविरमा हिको संस्थाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष गरिवु चौधरी, सचिव देवप्रसाद चौधरी, श्रीधर अधिकारी, लेखा समितिका संयोजक रामनारायण चौधरी, सदस्य दिनेश पोख्रेल, सुरेश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे