पत्रकारिता क्षेत्रको मुल्य, मान्यता हराउँदै गएको छ : शर्मा



पत्रकारिता क्षेत्रको मुल्य, मान्यता हराउँदै गएको छ : शर्मा

भालुवाङ १७ कार्तिक । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले पत्रकारिता क्षेत्रको मुल्य, मान्यता हराउँदै गएको बताएका छन् । तिहार तथा छठ पर्वको अवसरमा पत्रकार महासंघ दाङ शाखाले मंगलवार दाङ देउखुरीको गढवा गाउँपालिका १ बडहरा स्थित कुलपानी सामुदायिक वनको हरितपार्कमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताउका हुन् ।

प्रमुख अतिथि समेत रहेका संस्थापक अध्यक्ष शर्माले पछिल्लो समय पत्रकारहरुले आफ्नो धर्म, मुल्य मान्यता विपरीत काम गर्दा पत्रकारिता क्षेत्र बदनाम हुँदै गएको समेत बताए । त्यस्तै उनले देउखुरी क्षेत्र उपनिवेश भएपनि अहिले राजधानी आए सँगै यातायात, स्वास्थ्य क्षेत्र र विकास निमार्णमा फट्को मारेको बताए ।
त्यस्तै कार्यक्रममा पुर्व सविधान सभा सदस्य रेश्मीराज नेपालीले राजनीतिक खिचातानीले संसद चल्न नसकेको र अध्यारो स्थितीमा देश गइरहेको बताए । त्यस्तै उनले विदेशी चलखेल गरेर नेपाललाई समाप्त पार्न खाजेको समेत बताए ।

पत्रकार महासंघका दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष चुमा आचार्य, पत्रकार महासंघ दाङकी निर्वतमान उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष केपी घिमिरे, कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्मा, प्रेस युनियनका केन्द्रिय सदस्य सुलोचना गौतम, प्रेस चौतारीका केन्द्रिय सदस्य सुरेशसुमन डाँगी, प्रेस सेन्टर दाङका इन्चार्ज पुरन शर्मा, प्रगतीशिल पत्रकार संघका जिल्ला अध्यक्ष महेश रिजाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव आरके शितलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे