हरेक नागरिक स्वस्थ रहन खानपानमा ध्यान दिन जरुरी छ : स्वास्थ्य मन्त्री थारु



हरेक नागरिक स्वस्थ रहन खानपानमा ध्यान दिन जरुरी छ : स्वास्थ्य मन्त्री थारु

भालुवाङ १७ कार्तिक । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्दजित थारुले हरेक नागरिक स्वस्थ्य भई बाच्नका लागि खानपानमा विषेश ध्यान दिन आवश्यक रहेको बताएका छन् । कुलपानी सामुदायिक वन गढवा गाउँपालिका १ बडहराले आयोजना गरेको चार्डपर्व मिलन तथा कुलपानी हरितपार्कको विकासका लागि प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउका हुन् ।

प्रमुख अतिथि समेत रहेका स्वास्थ्य मन्त्री चौधरीले मानव जाती जति रोगी बन्दै जान्छ त्यती राज्य माथि भार थपिदै जाने र स्वास्थ्यमा बढी लगाउन लगाउनु पर्दा देशले आर्थिक भार थेग्न नसक्ने बताए । स्वस्थ जिवनशैली जिउन जरुरी रहेको हुँदा लुम्बिनी प्रदेश सरकारले एलोपैतृक उपचार पद्धतीको रुपमा आयुर्वेदलाई लिएको बताए । साथै उनले अहिले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार गर्दै आधुनिक स्वास्थ्य उपकरण ल्याउन आवश्यक रहेको बताएका छन् ।

साथै स्वास्थ्य मन्त्री चौधरीले कुलपानी क्षेत्रको विकासका लागि आफुले पहल गर्ने समेत बताउका छन् । सामुदायिक वनका अध्यक्ष नवराज शर्माको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पुर्व सविधान सभा सदस्य रेश्मीराज नेपाली, नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा, वर्तमान अध्यक्ष दुर्गालाल केसी, प्रगतीशिल पत्रकार संघका जिल्ला अध्यक्ष महेश रिजाल, आधारभुत विद्यालय वनघुस्रीका प्रअ राजितराम यादव, जनशक्ति सामुदायिक वनका अध्यक्ष चन्द्र पुरी, मुर्तिकार भिम विक लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे