राप्ती गाउँपालिका वडा नम्बर ६ ले भोली तिहार साँस्कृतिक कार्यक्रम गर्दै



राप्ती गाउँपालिका वडा नम्बर ६ ले भोली तिहार साँस्कृतिक कार्यक्रम गर्दै

सिसहनियाँ १६ कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ ले भोली कार्तिक १७ गते थारू साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

तिहार पर्वको अवसरमा थारू जातिको कला, संस्कृति तथा भेषभुसाको संरक्षणका लागि थारू साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको वडा सचिव मंगलप्रसाद चाैधरीले जानकारी दिनु भएको छ ।

भोली बिहान ११ बजे पत्थरगढवा स्थित वडा कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रम सहभागीता लागि सवैमा आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे