देउखुरीको महदेवा-सिसहनियाँ जोड्ने पुलमा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु



देउखुरीको महदेवा-सिसहनियाँ जोड्ने पुलमा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु

भालुवाङ १६ कात्तिक । दाङ देउखुरीको महदेवा-सिसहनियाँ जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका-२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोबरडिहाबाट सिसहनियाँतर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे