प्रदेश १ का मुख्यमन्त्री राईद्वारा शपथ ग्रहण



प्रदेश १ का मुख्यमन्त्री राईद्वारा शपथ ग्रहण

काठमाण्डाै १६ कार्तिक । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मङ्गलवार प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ ग्रहण गराएका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  यस्तै, मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र जयराम यादव सामाजिक विकास मन्त्री बनेका छन् ।

यस्तै विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे