रेडियो राप्ती तथा राप्ती टेलिभिजनले यस वर्षको तिहारमा देउसीभैलो खेल्ने



रेडियो राप्ती तथा राप्ती टेलिभिजनले यस वर्षको तिहारमा देउसीभैलो खेल्ने

लालमटिया १५ कार्तिक । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजन कर्मचारी परिवारले यस वर्षको तिहारमा देउसीभैलो खेल्ने भएको छ ।

स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षतामा सोमवार आफ्नै कार्यालयमा बसेको बैठकले मौलिक कला संस्कृतिको संरक्षणका लागि रेडियो राप्तीद्धारा गठित समावेशी रेडियो स्रोता क्लवको सहकार्यमा यहि कार्तिक १८ गते लक्ष्मी पुजाका दिन देखि कार्तिक २१ गते सम्म देउसी भैलो सञ्चालन गर्ने निर्णय गरेको हो ।

राप्ती गाउँपालिका क्षेत्रलाई लक्षित गरी सञ्चालन गर्न लागेको देउसी भैलो कार्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न समिति गठन गर्नुका साथै जिम्मेवारी समेत बाडफाँड गरेको छ । जस अनुसार स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको संयोजकत्वमा मुल समिति गठन गरेको छ । जसको उपसंयोजकमा सन्तोषकुमार गुप्ता र रेडियोका सम्पुर्ण कर्मचारी, स्रोता क्लवका पदाधिकारीहरुलाई सदस्यमा राखिएको छ ।

त्यसै गरी आर्थिक समितिको संयोजकमा किरण जिसी र सदस्यमा सिमा केसी रहेका छन् । भने समावेशी रेडियो स्रोता क्लवका अध्यक्ष लालमणी भुसाललाई देउसीभैलो परिचालन समितिको संयोजक, उपाध्यक्ष गिता शर्मालाई सांस्कृतिक समितिको संयोजक, दिपक सोती मगरलाई बाध्यवादन समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसै गरी बैठकले देउसी भैलोमा १ हजार दान दिने घरबेटीलाई आशिष दिने, २ हजार देखि ५ हजार सम्म दान गर्ने घरबेटीको नाम र रकम बाचन गर्ने र रेडियो, टेलिभिजन, अनलाइनमा समेत रकम र नाम प्रसारण गर्ने, ५ हजार देखि १० हजार सम्म दान गर्ने घरबेटीको नाम र रकम सहित रेडियो, टेलिभिजनमा फोटो सहित प्रसारण गर्ने तथा धन्यवाद र कृतज्ञता दिने र १० हजार देखि माथि दान गर्ने घरबेटीको भिडियो सहित नाम र रकम प्रसारण गर्ने तथा धन्यवाद र कृतज्ञता दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले रेडियो स्रोता क्लवको सहजकर्ताको जिम्मेवारी प्रमुख समाचार बाचिका अंशु बोहरा र कार्यक्रम तथा विज्ञापन उत्पादन शाखा प्रमुख विरेन्द्र गिरीलाई दिने, त्यसै गरी लमही नगरपालिका, गढवा, राजपुर, प्युठानको सरुमारानी गाउँपालिका तथा सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई समेटेर पालिका स्तरीय रेडियो स्रोता क्लव गठन गर्ने निर्णय समेत गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे