लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्धारा देउखुरीमा बन्न लागेको प्रदेश सभा भवनको निरिक्षण



लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्धारा देउखुरीमा बन्न लागेको प्रदेश सभा भवनको निरिक्षण

भालुवाङ १५ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानीमा निमार्ण भइरहेको प्रदेश सभा भवनको निरिक्षण गरेका छन् । सभाहलको निरिक्षण गर्दै मुख्यमन्त्री केसीले कुनै पनि हालतमा स्थायी राजधानीमा हिउँदे अधिवेशन गर्ने बताएका छन् ।

मुख्यमन्त्री केसी स्वयम केहि दिन अघि प्रदेश सभा भवन निर्माणको अनुगमनमा आएर निर्माण व्यवसायीलाई अवको डेढ महिना भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न निर्देशन दिए पश्चात यतीले निमार्णको कामले गती लिएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा सभाहल निमार्ण कार्य धमाधम सुरु भएको छ । आठौ दिनमा माटो फिलिङको काम सम्पन्न गरी पिलर खडा गर्ने र इटा जडानको काम तीव्र गतिले अगाडी बढेको छ । राती र दिउँसो गरी २ सिप्टमा कामदार खटाएर निमार्णको काम सुरु गरिएको छ ।

प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २१ लाखको लागतमा निर्माण गर्न थालेको छ । अहिले सम्म प्रदेशसभाको बैठक अस्थायी मुकाम बुटवलमा बस्दै आएको छ । राजधानी तोकिएको एक वर्ष पुगिसकेको छ । प्रदेश सरकारले राजधानी कार्यान्वयनको लागि गम्भीर रहेको जनाउँदै अब आह्वान गरिने हिउँदे अधिवेशन स्थायी राजधानीमै बोलाउने तयारी गर्नु आफैमा सकारात्मक विषय हो ।

प्रदेशसभा भवनलाई विशेष रुपमा सिंगारिने र सोही भवनबाट प्रदेशसभाको बैठक सञ्चालन गर्ने योजना छ । सत्ता पक्ष दलका नेता र प्रतिपक्ष दलका नेतालाई आमने सामने राखेर बैठक सञ्चालनको नयाँ अभ्यास लुम्बिनी प्रदेशबाट गरिने भएको छ । अनुगमनमा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश पुर्वधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरे, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, राप्ती प्राविधिक शिक्षालयका प्रमुख मोतीराम चौधरी, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे