मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशलेआगामी मंसिर २० र २१ गते प्रदेश सम्मेलन गर्ने



मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशलेआगामी मंसिर २० र २१ गते प्रदेश सम्मेलन गर्ने

भालुबाङ १६ कार्तिक । मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशलेआगामी मंसिर २० र २१ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेकाे छ । अर्घाखाँचीको भालुबाङमा मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशको छौंठौं पूर्ण बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

मोर्चाका प्रदेश अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ ले जातीय मुक्ती विना वर्गीय मुक्ती असम्भव भएको बताए ।

मगर राष्ट्रिय मुक्ती मोर्चा लुम्बिनी प्रदेशको छौंठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एशियाली समाजमा वर्गीय असमानताका साथै जातीय र क्षेत्रीय असमानता पनि भएकाले पार्टीले जातीय मोर्चाहरु निर्माण गर्नुपरेको बताए ।

आचार्यले जातीय मुक्ती तथा वर्गी मुक्तीका लागि मोर्चाहरु सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘नेपालमा समानुपातिक, समावेशी र उत्पीडितहरुको एजेण्डा स्थापित गर्ने माओवादी नै हो,’ उनले भने, ‘माओवादीले सञ्चालन गरेको १० वर्षे महान जनयुद्धले पछाडी पारिएका जाति तथा वर्गको प्रतिनिधित्व सुनिश्चित भएको हो ।’

अहिले पनि प्राप्त उपलब्धिहरु गुम्ने खतरा भएको उल्लेख गर्दै आचार्यले त्यसका लागि सबै वर्ग समुदाय सशक्त भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । अहिलेको लडाई परिवर्तन पक्षधर र प्रतिगामीहरुको भएको उल्लेख गर्दै उनले केही शक्तिहरु गणतन्त्र, संघीयता र धर्मनिपक्षताको विपक्षमा उभिएकाले उनीहरुलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

साे अवसरमा विशिष्ट अतिथि केन्द्रीय संयोजक गणेश सलामी मगर र प्रदेश इञ्चार्ज भीमकुमारी बुढा मगरले मन्तव्य व्यक्त गरेका थिए । मोर्चाको राष्ट्रिय सम्मेलन पुस ९ र १० गते हुँदै छ । बैठकको सञ्चालन सचिव जितु तरामी मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे