नेपाली कांग्रेस राप्ती ३ को पार्टी कार्यालय उद्घाटन, १ सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश



नेपाली कांग्रेस राप्ती ३ को पार्टी कार्यालय उद्घाटन, १ सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

भालुवाङ १५ कार्तिक । नेपाली कांग्रेस राप्ती गाउँपालिका ३ नम्बर वडाको पार्टी कार्यालयको सोमवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा पार्टी कार्यालयको उद्घाटन पुर्व सांसद सुशिला चौधरीले गरेकी छिन् ।

पार्टीका वडा कार्य समितिका सभापती श्रीधर खत्रीको अध्यक्षता एवम् पुर्व सांसद सुशिला चौधरीको प्रमुख आतिथ्यतमा भएको पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
वडा उपसभापती बुद्धिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डे, महासमिति सदस्यहरु जानकीलाल बस्नेत, नुमानन्द सुवेदी, पुर्व महासमिति सदस्य दोर्ण भुसाल, पार्टीका राप्ती गाउँपालिका उपसभापती श्यामा रावत, जेष्ठ नागरिक समितिका केन्द्रिय सदस्य आत्माराम भट्टराई, क्षेत्र नम्बर १ (क) का सभापती ताराबहादुर डिसी, प्रजातान्त्रिक प्रध्यापक संघका केन्द्रिय उपाध्यक्ष देवनारायण चौधरी, पार्टीका राप्ती गाउँपालिका २ नम्बर वडा सदस्य युवराज भुसाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसै बिच नेकपा विप्लव पार्टी परित्याग गरी सुनिल चौधरी सहित नेकपा माओवादी, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरी १ सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमको सञ्चालन पार्टीका वडा सचिव चिन्तामणी भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे