कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा



कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

सुर्खेत १५ कार्तिक ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । उनले आज सोमवार प्रदेशवासीका नाममा सम्बाेधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् । अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे