सबै प्रदेशमा ढल्याे एमालेकाे सरकार



सबै प्रदेशमा ढल्याे एमालेकाे सरकार

काठमाडाैँ १५ कार्तिक ।  मुख्यमन्त्री भएको ६८ दिनमै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा बुझाएसँगै चार जना मुख्यमन्त्री रहेको नेकपा एमाले अब कुनै पनि प्रदेश नेतृत्वमा नरहने भएको छ। विश्वासको मत प्राप्त नहुने भएसँगै उनले प्रदेशसभा बैठकमा राजीनामा दिने बताएका हुन्।

गत कार्तिक २५ गते मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत रहेको अवस्थामा गत भदौ १० गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आचार्य मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि उनी अल्पमतमा परेका थिए। ९३ सदस्यीय प्रदेशसभामा सभामुख सहित एमालेका ४१ सांसद छन् ।

ती मध्ये एक जना सांसदलाई फौजदारी मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी फरार छन् । प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक छ। प्रदेश १ का मुख्यमन्त्री आचार्यको बहिर्गमनसँगै एमालेले चार वटै प्रदेशमा आफ्नो सरकार गुमाएको हो । एमालेले यसअघि बागमती , लुम्बिनी र गण्डकी प्रदेश सरकार गुमाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे