देशभर साेमबार थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४९० संक्रमणमुक्त, ९ जनाको मृत्यु



देशभर साेमबार थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४९० संक्रमणमुक्त, ९ जनाको मृत्यु

काठमाण्डौ १५ कात्तिक । देशभर साेमबार  थप ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४ सय ९० जना निको भएका छन् । सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६ सय ३८ पुगेको छ ।  जसमध्ये हालसम्म ७ लाख ९२ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४ सय १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे