दाङमा साेमबार थप ७ जना कोरोना संक्रमणमुक्त, १ जनामा संक्रमण पुष्टि



दाङ १५ कार्तिक । दाङमा साेमबार कोरोनाका एक जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनामा गरिएको पिसिआर परिक्षणमा राप्तीका जना महिलामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

यसैबीच साेमबार दाङका ७ जना संक्तमण मुक्त भएका छन् । संक्रमण मुक्त हुुनेमा घोराहीका ५ जना र तुलसीपुर दुई जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ ।

अहिले दाङमा कोरोनाका सकृय बिरामी ३७ जना रहेको छ । उनिहरु मध्य ३४ जना घरमा र ३ जना राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरमा आईसियूमा उपचारत रहेको केन्द्रले जनाएको छ ।

साेमबार थपिएका एक जना सहित बैशाखयता दाङमा संक्रमितको संख्या ९ हजार २ सय १६ पुुगेको केन्द्रले जनाएको । त्यसमध्य ८ हजार ९ सय ६९ जना निको भएर घर फर्किएका छन भने २ सय १७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे