प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा



प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा

काठमाण्डाै १५ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सम्मानजनक निकासको लागि तयार रहेको सन्देश पठाएपछि न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

न्यायाधीश मनोजकुमार शर्मामार्फत प्रधानन्यायाधीश जबराले आफू सम्मानजनक बहिर्गमनको लागि तयार रहेको र केही समय काम गरेर न्यायालयबाट बिदा लिने प्रस्ताव गर्नुभएको हो । तर उहाँले बहिर्गमनको मार्गचित्र र प्रकृतिबारे भने प्रष्ट पारेका छैनन् ।

प्रधानन्यायाधीशको प्रस्तावपछि न्यायाधीश शर्मासहित न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल रहेको वार्ता टोली गठन भएको छ । टोलीले हिजो प्रधानन्यायाधीशसँग एक चरण छलफल गरिसकेको छ । प्रधानन्यायाधीशसँगको भेटमा न्यायाधीशहरुले सके तत्काल र नत्र केही समय बिदा बसेर राजीनामा दिन आग्रह गरेका छन् ।

उनीहरुले आजका लागि प्रधानन्यायाधीशले आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशका लागि पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोक्न आग्रह गरेका छन् । यसबारे प्रधानन्यायाधीश सकारात्मक रहे पनि राजीनामा दिनुपर्ने आग्रहलाई भने अस्वीकार गरेका छन् ।

न्यायाधीशहरुबीच आज पनि छलफल हुँदैछ । प्रधानन्यायाधीश जबराले केही समय काम गर्ने र त्यसपछि छोड्ने प्रस्ताव गरेकाे बुझिएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम कायमै रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे