स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जाँदै



स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जाँदै

काठमाडौं १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्याउ फार्म अवलोकन गर्न मनाङ जाँदैछिन् ।राष्ट्रपति भण्डारी मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङस्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् ।

एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ । राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । यसैगरी बाढी पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे