प्रधानन्याधिस विरुद्ध आजदेखी कालोपट्टी बाँधेर विरोध कार्यक्रम हुदै
काठमाण्डौ १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्दैछ ।
एशोसिएसनले आज (आईतवार)बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्