जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि सुरु हुँदै



जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि सुरु हुँदै

काठमाण्डाै  १४ कार्तिक । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि स्कटल्यान्डको ग्लास्गोमा सुरु हुँदैछ । संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष देशहरुको २६ औँ सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधि, विषय विज्ञ सहभागी हुँदैछन् ।

सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ । यसअघि सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु, प्राप्त उपलब्धिको समीक्षा र यो सम्मेलनले केही विषयवस्तु परिमार्जन गर्ने तयारी छ । पेरिस सम्झौतामा विश्वव्यापी तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो ।

कोप–२६ लाई जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यको ठोस निर्णय गर्ने महत्त्वपूर्ण सम्मेलनका रुपमा हेरिएको छ । इटलीसँगको सहकार्यमा बेलायतको आयोजनामा आजदेखि सुरु हुन लागेको सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे