लमहीमा कार पल्टिदा एक जना घाइते



लमहीमा कार पल्टिदा एक जना घाइते

लमही १४ कार्तिक । दाङ देउखुरीको लमहीमा कार पल्टिदा एक जना घाइते भएका छन् । नेपालगञ्ज जाँदै गरेको बा १६ च ८१४० नम्बरको कार दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा अनियन्त्रित भएर पल्टिएको हो ।

घाइते हुनेमा धनगढी निवासी २७ वर्षीय मुकुन्द ओझा रहेका छन् । उनको स्थानीय स्वास्थ्य चौकिमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । कारले ४ बिल्डिङ खाँदै झारीमा पुगे पनि अन्य सवार ३ जना भने सकुशल रहेका छन् । विपरीत दिशाबाट आइरहेको गाडीलाई क्रस गर्ने क्रममा कारले कच्चि च्यापेपछि अनियन्त्रित भई पल्टिएको हो । गाडीमा पुर्णरुपले क्षेती पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे