दाङमा मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि,२ जना संक्रमण पुष्टि



दाङमा मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि,२ जना संक्रमण पुष्टि

दाङ ९ कात्तिक । दाङमा मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोरोहीमा १० जनाको पीसीआर गर्दा २ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा लमही र बबईका एक \ एक जनामा पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ । यस अबधिमा थप २ जना निको भएका छन ।

त्यसैगरी जिल्लामा संक्रिय संक्रमितको संख्या ३१ पुगेको छ । सामान्य आईसोलेसनमा २ जना र होम आईसोलेसनमा २९ जना रहेको केन्द्रले जनाएको छ ।

बैशाख यता जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ९ हजार १ सय ९२ पुगेको छ भने निको हुनेको संख्या ८ हजार ९ सय ४७ रहेको छ । त्यसैगरी जिल्लामा कोरोनाबाट मुत्यु हुनेको संख्या २ सय १७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे