प्यूठानमा भण्डारीद्धारा नेपाली काँग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा



प्यूठानमा भण्डारीद्धारा नेपाली काँग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा

भालुवाङ ९ कार्तिक । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत देशभर हुनगईरहेको आसन्न जिल्ला अधिवेशनका लागि प्यूठानमा माधव भण्डारीले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका—१ बाङ्गेसाल निवासी भण्डारीले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्यूठानको सरुमारानी गाउँपालिका—१ दर्भानमा आज म‌गलबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । हालै देशभर भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भण्डारीले प्यूठान जिल्लाको सरुमारानी, माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकाको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि जिल्ला सभापतिका लागि बिष्णु गिरी र शिब रिजालले जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । जिल्ला सभापतिका उम्मेदवार गिरी डाक्टर गोविन्दराज पोख्रेल गुटका उम्मेदवार मानिन्छन् भने आर्का जिल्ला सभापतिका उम्मेदवार रिजाल रोज राणा गुटका मानिन्छन् ।

दुबै जिल्ला सभापति पदका उम्मेदवारहरुले आ—आफ्नो जिल्ला कमिटीको प्यानलमा प्यूठानको सरुमारानी, माडवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा रहेका नेपाली काँग्रेसका एक जना क्षेत्रिय प्रतिनिधिहरुलाई समावेश नै नगरी प्यानल घोषणा गरेको भन्दै भण्डारीले ती दुई वटा प्यानलका बिरुद्ध आफूले आफ्नो नेतृत्वमा जिल्ला समापतिमा उम्मेदवारी घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले आफूलाई तीन वटा पालिका मात्र नभई जिल्लाभरिका क्षेत्रिय प्रतिनिधिहरुको समर्थन रहेको दाबी गरेका छन् । नेपाली काँग्रेसको केन्द्रमा देखिएको गुटगत राजनिति पछिल्लो समय प्यूठान जिल्ला पनि देखिन थालेको भन्दै भण्डारीले जिल्लामा गुटगट राजनितिको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन समेत आफूले साझा उम्मेदवारको रुपमा जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताए ।

सभापति पदका उम्मेदवार भण्डारीले आफू जिल्ला सभापतिमा निर्वाचित भए विपीको समाजवादी सिद्धान्तलाई हुबहु लागु गर्ने र प्यूठानलाई काँग्रेसमय बनाउने प्रतिबद्धता समेत गरे । साथै भण्डारीले आफूलाई अत्याधिक मत दिएर जिल्ला सभापतिमा निर्वाचित गराउन समेत जिल्लाका सम्पूर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

भण्डारी वि.सं. २०४६ साल देखि विधिवत नेपाली काँग्रेसबाट राजनिति शुरु गरे । उनी पार्टीको सदस्यता लिएकै साल प्यूठान जिल्लाको साविक बाङ्गेसाल गाविसको पार्टी सचिव पदमा रहेर काम गरे । त्यस्तै उनी पार्टीको १० औँ महाधिवेशनबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित भए । त्यस्तै १२ औँ महाधिवेशनबाट जिल्ला सदस्यमा र १३ औँ महाधिवेशनबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुँदै अहिले उनी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा उममेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे