प्रेस सेन्टर दाङको चौथो अधिवेसनबाट अध्यक्षमा शर्मा सर्वसम्मत चयन



प्रेस सेन्टर दाङको चौथो अधिवेसनबाट अध्यक्षमा शर्मा सर्वसम्मत चयन

९ कार्तिक,घोराही – प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा पाण्डव शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न प्रेस सेन्टर दाङको चौंथो अधिवेशनबाट शर्मा सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।

अधिवेशनले शर्माको अध्यक्षमा एक जना कार्यसमितिले पछि मनोनित गर्नेगरी २३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा दामोदर बस्नेत राकेश, समावेशी उपाध्यक्षमा अनिता पोख्रेल, सचिवमा जनक नेपाली, सहसचिवमा दीपक बोहोरा, समावेशी सहसचिवमा राजेश चौधरी र कोषाध्यक्षमा जीवन नेपाली निर्वाचित भएका छन् । अधिवेशनले गिरिराज नेपालीलाई कार्यलय सदस्यको जिम्मेवारी दिएको छ ।

त्यसैगरी अधिवेशनले सदस्यहरुमा सुमन केसी, विकास डाँगी, शान्त बुढा, भागबत भट्टराई, सन्तोष डाँगी, आभाष बुढाथोकी, उदिराम चौधरी, उमेश बञ्जाडे, हेमराज नेपाली परिवर्तन, कमल कँवर, पुष्पा पौडेल, अंगराज परियार र अस्मिता नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रम पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे