मन्त्रिपरिषद् विस्तार टुंग्याउन निर्णायक छलफल, आजै सरकारलाई पूर्णता दिने तयारी



मन्त्रिपरिषद् विस्तार टुंग्याउन निर्णायक छलफल, आजै सरकारलाई पूर्णता दिने तयारी

काठमाडौं २१ असाेज । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीले भागबण्डामा असन्तुष्टि व्यक्त गरेपछि टुंगो लगाउन गठबन्धनको बैठक बसेको हो।

गठबन्धनले कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४/४ मन्त्रालय पाउने गरी सहमति गरेको थियो। सहमतिअनुसार कुरा मिले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

त्यसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘उस्तै परे आजै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ। आजै शपथग्रहण हुन्छ होला।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे