झाडाबान्ता प्रभावित क्षेत्र कृष्णनगरको पिउने पानीमा दिसाको जिवाणु फेला



झाडाबान्ता प्रभावित क्षेत्र कृष्णनगरको पिउने पानीमा दिसाको जिवाणु फेला

कपिलवस्तु, असोज २१। कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडाबान्ता प्रभावित क्षेत्रको पिउने पानीमा कोलिफर्म र इ–कोली फेला परेको छ । फेला परेका दुबै जिवाणु मानव मलमुत्रमा पाइने जिवाणुरहेको चिकित्सकको भनाई छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तु प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट बितरण गरिएको धारा र ४० फुटदेखि माथि गाडिएका नल (चापाकल) को नमुनामा कोलिफर्म भेटिएको हो । सय फुट भित्र गाडिएको नल (हैण्डपम्प) मा भने जिवाणु फेला नपरेको बताइएको छ ।

संकलित नमुनाको बाणगंगामा रहेको प्रदेशस्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परिक्षण गरिएको थियो । समुदायबाट चार नमुना संकलन गरिएको बताइएको छ । ल्याबले दिएको जानकारीअनुसार अत्यधिक मात्रा कोलिफर्म र दिसामा पाइने जिवाणु फेला परेको घिमिरेले बताए ।

रिपोर्टको पुर्ण विवरण आउन बाँकीरहेको उहाँले जानकारी दिए । कार्यालयले प्रभावित क्षेत्रबाट संकलन गरेको दिसाको नमुना परिक्षणको नतिजा बिहीवार रातीसम्म आउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे