दाङमा बिहिबार थप ६ जनामा कोरोना पुष्टि, ४ जना कोरोना संक्रमणमुक्त



दाङमा बिहिबार थप ६ जनामा कोरोना पुष्टि, ४ जना कोरोना संक्रमणमुक्त

दाङ २१ असोज । दाङमा बिहिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा ४जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार संक्रमित हुनेहरुमा घोराहीका तीन जना, दुई जना तुलसीपुरका र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैबीच बिहिबार ४ जना कोरोना मुक्त भएका छन्

र मुक्त हुनेमा राप्तीका दुई र घोराही र गढवाका एक/ एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ७१ जना रहेको छ । ति मध्य ५८ जना घरमा, ४ जना आईसीयूमा र ९ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे