नेपालका ६२ जना बालिका र किशोरीले एक दिनका लागि स्थानीय तहका पद सम्हाल्दै



नेपालका ६२ जना बालिका र किशोरीले एक दिनका लागि स्थानीय तहका पद सम्हाल्दै

काठमाडौं २० असोज . अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा नेपालका ६२ जना किशोरीले एक दिनका लागि विभिन्न पद सम्हाल्ने भएका छन् । अक्टोबर ११ लाई अन्तर्राष्ट्रिय बालिका दिवसको रुपमा मनाउने गरिन्छ । उक्त दिवसको अवसरमा प्लान इन्टरनेशनलले हामी दाजुभाइसँगको सहकार्यमा ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ नारासहित ‘गल्र्लस् टेकओभर’ कार्यक्रम गर्ने भएको हो ।

सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहका विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरुले अनलाइनबाट बालिका तथा किशोरीहरुमा हुनसक्ने जोखिम, यसका फाइदा–बेफाइदा र सदुपयोगबारे जनप्रतिनिधिहरुसँग छलफल गर्नेछन् । उनीहरुले मंगलबारदेखि आगामी सोमबारसम्म विभिन्न पदभार ग्रहण गरी काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे